Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • पार्टीको विवाद भातृसंगठनमाः ओली पक्षका युवाहरुको भेला


    बुधबार, मंसिर ३ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र विकसित पछिल्ला घटनाक्रमले पार्टी फुट्ने हो कि आशंका ब्याप्त छ । नेकपाका नेता–कार्यकर्ताहरुले पनि पार्टी फु्ट्ने हो भन्ने चिन्ता सामाजिक संजालम प्रकट गरिरहेका छन् । नेकपाका भातृसंगठनहरुमा पनि पार्टीभित्र विकसित घटनाक्रमको असर परेको छ । अनेरास्ववियु, युवासंघ जस्ता युवा विद्यार्थीहरु पार्टीभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाल पक्षमा विभाजित भएका छन् ।

    प्रधानमन्त्री ओली निकट युवाहरु आज अपराह्न मध्यबानेश्वरमा भेला भएका छन् । पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारिएको र काम गर्न नै नदिइएकोबारेमा युवाहरुले छलफल गरेका थिए । भेलाको अगुवाई युवासंघका सहसंयोजक रमेश पौडेलले गरेका छन् । प्रधानमन्त्री ओलीलाई काम गर्न दिनुपर्ने र त्यसका लागि युवा विद्यार्थीहरुले समेत दबाब सृजना गर्नुपर्ने निष्कर्ष निकालेको भेलामा सहभागी एक केन्द्रीय सदस्यले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार