Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १४ वर्षीया बालिकालाई जबर्जस्ती गर्ने युवक पक्राउ


    बुधबार, मंसिर ३ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

    महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरी नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहारलाई मंगलबार पक्राउ गरेको हो।

    गत मंसिर १ गते सोमबार भाइटीकाको दिनमा सो घटना भएको प्रहरीले जनाएको छ । घटना लगत्तै भागेका लोहार मंगलबार पक्राउ परेका हुन् ।

    पक्राउ लोहारलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार