काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठककै समय पारी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज दिउँसो १ बजेका लागि नेकपाको सचिवालय बैठक यसअघि नै तय गरिएको हो भने प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक आजै बोलाएका छन् । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार हुने गरेको छ । तर ओलीले बुधबार पनि मन्त्रिपरिषद बैठक नेकपाको सचिवालय बैठककै समय पारी बोलाएका छन् ।
नेकपाभित्र अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तिक्तता बढिरहेको बेला आजको सचिवालय बैठक बोलाइएको थियो । प्रधानमन्त्री ओलीले बैठक स्थगित गर्न महासचिव बिष्णु पौडेलमार्फत् प्रचण्डलाई खबर पुर्याए पनि उनले अस्वीकार गरेका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ सचिवालय सदस्य एकातिर छन् भने अर्कोतिर प्रधानन्त्री ओलीसहित ४ जना छन् । गृहमन्त्री रामबहादुर थापाले निर्णायक घडीमा प्रचण्डलाई नै साथ दिने बचन दिएकाले सचिवालयमा प्रधानमन्त्री ओली स्पष्ट अल्पमतमा देखिएका छन् ।
कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गरेका थिए । प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नलिएसम्म प्रधानमन्त्री ओली पक्षले सचिवालय बैठकमा भाग नलिने बताउँदैआएको छ । तर प्रचण्डले भने पाँचै जना सचिवालय सदस्यको सल्लाहमा पेश गरिएको राजनीतिक प्रस्ताव कुनै हालतमा फिर्ता नहुने स्पष्ट पारिसकेका छन् ।
सचिवालय बैठक राखेकै समय पारी प्रधानमन्त्री ओलीले सचिवालय बैठक राखेपछि कतिपयले भने अध्यादेश ल्याउन खोजेको अनुमान पनि गरेका छन् । राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमार्फत् यसअघि पनि संसदीय दल वा पार्टीको केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत संख्या पुर्याएर पार्टीश विभाजन हुने ब्यवस्था गरिएको थियो । तर ब्यापक बिरोध भएपछि उक्त अध्यादेश फिर्ता भएको थियो । अहिले त्यही अध्यादेश ल्याउन मन्त्रिपरिषद बैठक राखिएको अनुमान प्रचण्ड–माधव पक्षले गरेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend