Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जीबी राई गृहमन्त्रीको सम्पर्कमा छन्- महामन्त्री शर्मा


    बुधबार, चैत्र २१ २०८०
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिको छानबिन समितिमा बहस गर्न चेतावनी दिएका छन् । ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् । सहकारी ठगीमा रास्वपाका अन्य नेताहरु पनि संलग्न भएको विषय बाहिर आएको बताउँदै आमजनताको ८० करोड रकम हिनामिना गरिएको बताए ।

    साथै महामन्त्री शर्माले जीबी राईलाई नेपाल ल्याउन ढिलाइ गरेको आरोप लगाएका छन् । उनले राई गृहमन्त्रीको सम्पर्कमा रहेको समेत दाबी गरेका छन् । उनले भने- ‘राई मलेसियामा छन् दुनियाँलाई थाहा छ । गृहमन्त्रीलाई पनि थाहा छ ।’

    मलेसियाको कानून पनि हेर्नुहोला । जीवी राईलाई ल्याउने कुरामा के कुराले ढिलाइ भयो। मैले आरोप लगायो नभनौं तर हामीले पाएको सूचना अनुसार उहाँ गृहमन्त्रीको सम्पर्कमा हुनुहुन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार