Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामहरि श्रेष्ठका हत्याका अभियुक्त कालीबहादुर खाम पक्राउ


    मंगलबार, चैत्र २० २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । १५ बर्षअघि कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार रहेका माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार खामलाई नियन्त्रणमा लिएको हो । खाम माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर र पार्टीका केन्द्रको सुरक्षा विभाग सदस्य छन् ।

    यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउ पछि रिहा भएका थिए ।

    २०६५ वैशाख १५ मा व्यापारी श्रेष्ठको हत्या गरेको आरोपमा खाम फरार सूचीमा थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार