Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शरीर जोडिएका शिशु जन्मिए


    मंगलबार, मंसिर २ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बागलुङ । प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरि अस्पताल पुग्नुभएकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिनुभएको छ । पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पतालमा आज शरीर जोडिएका शिशुलाई जन्म दिनुभएको हो ।

    प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुग्नुभएकी उहाँलाई पर्वत अस्पताल पठाइएको थियो । पर्वत अस्पताल कुश्माले समेत अवस्था गम्भीर रहेको भन्दै उहाँलाई धौलागिरि अस्पताल बागलुङमा पठाएको थियो । “उहाँ सोमबार साँझ अस्पताल आउनुभएको हो”, “अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले भन्नुभयो, “आज बिहान शिशु जन्मिएका हुन् ।” शल्यक्रियाका लागि जोखिमपूर्ण अवस्था रहेको भन्दै चिकित्सकहरुका बीचमा छलफल चलिरहेकै बेला उहाँले शिशु जन्माएकी गौतमको भनाइ छ । 

    “शरीर जोडिएको शिशु जन्मिए, अवस्था गम्भीर थियो”, “चिकित्सकलाई उल्लेख गर्दै गौतमले भन्नुभयो, “गर्भ जाँच नगराएको जस्तो लाग्यो, जाँच गरेको भए असामान्य अवस्थामा शिशु रहेको थाहा हुन्थ्यो ।” शरीर जोडिएर जन्मिएका शिशुलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको गौतमले बताउनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार