Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा दरखास्त आह्वान


    मंगलबार, चैत्र २० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र  राष्ट्रिय महिला आयोगको सदस्य पदपूर्तिका लागि निवेदन आह्वान गरेको छ ।

    मंगलबार सूचना जारी गर्दै संबैधानिक परिषदको सचिवालय समावेशी आयोगमा अध्यक्ष पद र महिला आयोगको सदस्य पदका लागि निवेदन आह्वान गरेको हो ।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिन परिषदको सचिवालयले अनुरोध गरेको छ ।

    इच्छुक आवेदकले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको वेभसाइत www.opmcm.gov.np को सूचना तथा समाचार खण्डभित्र उपलब्ध फर्म भरी विद्युतीय प्रतिसहित बुझाउन वा संबैधानिक परिषदको सचिवालयको इमेल- sambaidhanik@opmcm.gov.np मा पठाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार