Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुर्खेतमा ११ जुवाडे पक्राउ


    मंगलबार, मंसिर २ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५१ हजार नगद सहित ११ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका-४, का ३४ वर्षीय घनबहादुर नेपाली, ४२ वर्षीय कुशल नेपाली, ३४ वर्षीय अम्मर नेपाली, ३० वर्षीय जनक थापा, ३२ वर्षीय नेत्र कार्की, ३१ वर्षीय रामबहादुर नेपाली, ४३ वर्षीय भवि विश्वकर्मा, ३९ वर्षीय धनबहादुर शाही, ४० वर्षीय सञ्जन कार्की, ४६ वर्षीय रंगप्रसाद देवकोटा र ४८ वर्षीय रतन देवकोटा रहेका प्रहरीले जनाएकाे छ ।

    प्रहरीका अनुसार उनीहरूलाई सुर्खेको पञ्चपुरी नगरपालिका-६, स्थित रंगप्रसाद देवकोटाको घरबाट ५१ हजार २८५ रुपैयाँसहित पक्राउ गरिएकाे हाे ।

    देवकोटाको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेकाे थियो । पक्राउ परेका ११ जनालाई जुवा ऐनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार