Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडाैंमा १४ वर्षीया बालिका बलात्कृत


    मंगलबार, मंसिर २ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सोमबार साँझ काठमाडाैंमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

    चन्द्रागिरी नगरपालिकास्थित बसुण्डोलमा ती बालिका बलात्कृत भएकी हुन् । बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा थानकोट प्रहरीले एक युकवलाई नियन्त्रणमा लिएको छ ।

    हुम्ला ताजाकोट गाँउपालिका–२ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–२ बस्ने २३ वर्षीय सोर्नविद लोहारलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार लोहारले बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरा घरको कोठामा जबरजस्तीकरणी गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छन् । घटनालगत्तै फरार रहेका लोहारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार