Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बर्डफ्ल्यु नियन्त्रण गर्न हजारौँ कुखुरा मारियो


    मंगलबार, मंसिर २ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । बर्डफ्ल्युको महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कमा हजारौं कुखुरा मारिएको छ ।  देशको जुटल्याण्डमा झण्डै २५ हजार खुकुरा मारिएको सरकारी अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् । स्टाटेन्स सेरुम इन्स्टिच्युटबाट ल्याइएको परीक्षण रिपोर्टका आधारमा त्यस क्षेत्रका कुखुराबाट बर्डफ्ल्यु फैलिन सक्ने देखिएर कुखुरा मारिएको हो । 

    दुईओटा क्षेत्रका कुखुराहरुमा त्यस्तो खतरा देखिएको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रलाई अहिले नियन्त्रणमा लिएर उच्च सतर्कता अपनाइएको छ ।  डेनमार्कको जुटल्याण्ड क्षेत्रमा यही महिनाको शुरुमा यसअघि पनि बर्डफ्ल्युको सङ्क्रमण देखिएको थियो ।

    यो रोग युरोपका अन्य देशहरुमा पनि पछिल्लो समयमा पुन: फैलिन थालेको छ । विषेश गरेर जर्मनी र फ्रान्समा यसको असर बढी देखिएको समाचारमा जनाइएको छ ।  सङ्क्रमण देखिएका अन्य देशहरुमा पनि कुखुराहरु मार्ने, प्रभावित क्षेत्रलाई नियन्त्रणमा लिने लगायतका उच्च सतर्कता अपनाउने गरिएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार