मुकेशकुमार यादव
सिरहा । सिरहामा ट्राफिक प्रहरीको अबैध असुलीधन्दा अझै रोकीन सकेको छैन ।
व्यापक असुली गरेको गुनासो बढेपछि सरकारले विद्युतीय भुक्तानी प्रणाली लागु गरे पनि सिरहा ट्राफिक प्रहरीको असुलीधन्दा अझै रोकिन नसकेको हो ।
पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान (म्याजिक, विङ्गर), बजार क्षेत्रबाट गाउँ पुर्याउने तीन पाङ्ग्रे सवारी साधान, ओभरलोड बोक्ने ट्रक–टिफर, ट्याक्टरहरुसँग मासिक असुली गर्ने प्रकृया अझै नरोकिएको व्यसायीहरु बताउँछन् ।
म्याजिक र विङ्गरहरुले क्षमताभन्दा बढी बोक्न पाउने सुविधा बापत व्यवसायी संघबाटै प्रत्येक महिनामा एक मूष्ट रकम जाने गरेको नाम नबताउने सर्तमा एक सवारी संघका पदाधिकारीले बताए। उनले भने, ‘यसरी नै चल्दै आएको छ। दक्षिण नटक्र्याए विभिन्न बाहानामा दुख दिने गर्छ। त्यसैले पनि सवैबाट थाेरै थोरै उठाएर हामीले ट्राफिकलाई दिने गरेका छौं ।’
यो प्रकृया जिल्लाका सवै ट्राफिक पोष्टमा त जान्छ नै लहानदेखि बर्दिवाससम्मका ट्राफिक मिलाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
दिनभरी गाडी चलाएर ड्राईभर, खलासी, तेलको लागत कट्टा गरी मुस्किलले हजार १५ सय हात पर्ने गरेको लहान वर्दिबास चल्ने एक म्याजिक व्यवसायीले बताए। उनले भने, ‘दिनभर सडकमा गाडी कुदेर घर फर्कदाँ आफ्नो हातमा पर्ने रकमको टुङ्गो हुँदैन तर, संगठनमा रकम बुझाउनै पर्छ ।’
त्यसैगरी, ओभरलोड गरेर सिरहाक्षेत्रमा हिड्ने प्रत्येक ट्रकले मासिक एक देखि दुई हजार, ट्याक्टले एक हजार देखि १५ सय सम्म बुझाउनु पर्ने बाध्यता नै रहेको व्यसायीहरु गुनासो गर्छन् ।
व्यवसायीहरु बताउँछन, ‘थोरै लोड गरे पनि पोसाउँदैन, ओभरलोड गर्दा अलिकति फाईदा हुन्छ की भन्ने हो। त्यो पनि बाटोको ट्राफिक नमिलाई हुँदैन ।’
आर्थिकमन्दीका कारण मुस्किलले उद्योग चलाईरहेका सिरहाका इँटा व्यसायीहरु ट्राफिक प्रहरीको असुलि धन्दाको मारमा परेको बताउँछन्। उनीहरुले आफ्नो इँटा पुग्ने रुटमा सिजनको बेला प्रत्येक महिना १५ सयदेखि तीन हजार एउटा ट्राफिक विटमा बुझाउनु परेको गुनासो गर्छन् ।
‘थोरै इँटा लग्दा पोस आउँदैन, ड्राईभर तिनै पर्यो, तेल खर्च भईनै हाल्छ। अलिकति बढी लोढ गर्यो ट्राफिक मनाउनै पर्यो जताबाट पनि व्यवसायी नै मारमा पर्छन्,’ इँटा व्यसायी प्रमोद सिंहले भने, ‘यस्तै हो सवैले चल्नै पर्यो मिलाएर काम गर्नै पर्छ। काम गर्ने भए पछि कतिसँग नियम कानुनको कुरा गर्दै हिड्ने ।’
सिरहामा ५५ भन्दा बढी इँटा उद्योगको करिव तिन सय ५० वटा ट्याक्टर नियमित चल्ने गरेको छ। त्यतिकै संख्यामा सीमेन्ट उद्योगमा चल्ने ट्रक, टिफर छन्। साना सबारीको संख्या भने हजारको आसपासमा रहेको व्यसायीहरु बताउँछन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend