काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस्तै, नेपालमा थप ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।