Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद सापकोटालाई हटाउने जनमतको निर्णय त्रुटिपूर्ण, सभामुखद्वारा अस्वीकार


    शनिबार, चैत्र १७ २०८०
    930
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन अस्वीकार गरेका छन् ।

    राउत नेतृत्वको जनमत पार्टीले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको पत्र गत फागुन २७ गते संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो ।

    तर सभामुख घिमिरेले जनमत पार्टीले पठाएको पत्रबाट सापकोटाले दल त्याग गरेको नदेखिएको र निजलाई दलबाट निष्कासन गरेको नपाइएको भन्दै सांसद पद कायम रहने निर्णय गरेका हुन् ।

    सांसद सापकोटाको स्वकीय सचिव राख्ने विषयमा पार्टीमा विवाद भएको बताइएको छ । पार्टीले आफुले तोकेको व्यक्तिलाई स्वकीय सचिव नियुक्त गर्नुपर्ने भन्दै दबाब दिएको र सांसद सापकोटाले त्यसलाई अस्वीकार गरेकी थिइन् ।

    के छ कानुनी व्यवस्था  ?

    राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ मा कुनै पनि सांसदले दलको सदस्यबाट राजीनामा दिएमा, अर्को दलको सदस्यता लिएमा वा आफैं संलग्न भई अर्को दल गठन गरेमा दल त्याग गरेको मानिने ब्यवस्था गरेको छ । यी कारण भएमा सांसदलाई दलले निष्कासन गर्न सक्ने छ । यसरी निष्कासन गर्नुअघि सांसदलाई सफाइको मौका दिनुपर्ने उल्लेख छ । जाँचबुझका लागि समिति गठन गर्नुपर्ने र सफाइ सन्तोषजनक नभएमा केन्द्रीय समितिको निर्णय गरेर विधानको व्यवस्था बमोजिम आधार र कारण खुलाई कारबाही गर्नुपर्ने व्यवस्था छ ।

    जनमत पार्टीले यी प्रावधान पुरा नगरेको देखिएको सभामुखको निर्णयमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार