Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मंगलबार ३१ सय जनाको परीक्षण गर्दा ५ सय २ जनामा संक्रमण पुष्टि


    मंगलबार, मंसिर २ २०७७
    540
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप ५ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार थोरै परीक्षण गर्दा संक्रमण पनि थोरैमा पुष्टि भएको हो । 

    मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ भने अहिलेसम्म १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन्।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय २ सय ४७ पुगेको छ। 

    स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारमात्रै २ हजार ८ सय ७८ जना कोरोना मुक्त भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार