Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यी हुन् हङकङ आगलागीमा मृत्यु भएका ७ जना नेपाली (नामसहित)


    मंगलबार, मंसिर २ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गत आइतबार साँझ जोर्डनको क्यान्टोन रोडस्थित जिरे खुर्सानी नाम गरेको नेपालीद्वारा संचालित रेष्टुरेण्टमा आगलागी हुँदा ७ जना नेपालको मृत्यु भएको छ ।

    मृत्यु हुनेहरुमा ९ वर्षीय बालकसहित चार पुरुष र तीन महिला रहेका छन् । मृत्यु हुनेहरुमा ३८ वर्षीय युवाराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रायन नेपाल, ३९ वर्षीय शेरबहादुर गुरुङ, ३० वर्षीया अनिता निरौला र ४० वर्षीया बिनिता तामाङ (रेष्टुरेण्ट मालिक) रहेका छन् । घटनामा १८ जना घाइते भएका छन् । घाइते ७ जनाको अवस्था नाजुक र २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    नेपालीको एक समूहले दीपावलीसहित बर्थ डे पार्टी मनाई रहँदा आगलागी भएको बताइए पनि आगलागीको कारण भने खुल्न सकेको छैन । एक पुरुष झ्यालबाट हाम्फालेर र अन्य तीन जनाले भागेर ज्यान जोगाएका छन् । घाइतेहरु सबै नेपाली हुन् ।

    घाइतेहरुलाई क्यारिटास मेडिकल सेन्टर, क्वीन एलिजाबेथ र प्रिन्स मार्गरेट अस्पतालमा लगिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार