Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हाम्रो नेपाल पार्टी बागमती सरकारमा सामेल, मुख्यमन्त्री जम्मकट्टेललाई राहत


    बिहिबार, चैत्र १५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा । बागमती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बिहीबार हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनाएर सरकार विस्तार गरेका हुन् ।बज्राचार्यले आजै मन्त्री पदको शपथ लिएका छन् ।

    अब बागमती प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सामेल भएको छ भने एमाले केही दिनभित्र सरकारमा सामेल हुने जनाइएको छ ।

    ११० सदस्यीय बागमती प्रदेशमा हालको नयाँ सत्ता समीकरणसँग ५५ सिटमात्र रहेकाले २ सिट रहेको हानेपा निर्णायक रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार