Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल र बंगलादेशबीच आज दोस्रो फुटबल खेल हुँदै


    मंगलबार, मंसिर २ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल र बंगलादेशबीचको दोस्रो खेल आज हुँदै छ । खेल नेपाली समयअनुसार दिउँसो ४:४५ मा सुरु हुने छ । 

    मुजिब बर्सो फिफा इन्टरनेसनल सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको थियो । आज जित्‍नै पर्ने दबाबमा नेपाल छ । नेपालले ट्रफी उचाल्नका लागि बंगलादेशलाई ३-० गोलको जित आवश्यक छ । मैत्रीपूर्ण भनिए पनि सिरिज नै आयोजना गरिएकाले नेपाल २-० गोल अन्तरले विजयी भए पनि सिरिजको छिनोफानो पेनाल्टी सुटआउटबाट हुनेछ ।

    नेपाली टिमले आजको म्याचका लागि सबै तयारी पूरा गरेको प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । अन्तिम तयारीस्वरुप नेपाली टिमले बंगबन्धु रंगशालामा हिजो अभ्यास गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार