Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कुलेश्वरको ठूलो जुवाखालमा प्रहरीको छापा, पक्राउ परे ७ जना


    मंगलबार, मंसिर २ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले काठमाडौंको कुलेश्वरबाट जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ।

    महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले सोमबार राति काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थित शिव श्रेष्ठको घरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेमा घरधनी ४४ वर्षीय शिव श्रेष्ठ, यादव चौलागाई, राजु पौडेल, राजीव श्रेष्ठ, केशव प्रसाद मुडवरी, श्याम तामाङ र प्रेम बडुवाल रहेका छन्। उनीहरूको साथबाट प्रहरीले २ लाख ३८ हजार ८ सय ५० रुपैयाँ समेत बरामद गरेको महानगरीय प्रहरी वृत्त कालिमा टीका डिएसपी अपिल बोहराले जानकारी दिए।

    त्यस्तै प्रहरीले ७ लाख ७४ हजारको विभिन्न बैङ्कको चेक समेत बरामद गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार