Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  नेवार समुदायकाको भाइटीका आज


    मंगलबार, मंसिर २ २०७७
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाँड तिहारको मुख्य दिन सोमबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएर मनाए ।

    यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन सोमबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी तथा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।

    यस वर्ष आज (ङ्गलबार) बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउँदैछन् । यही मङ्सिर २ गते पनि भाइटीका (किजापूजा) का लागि सरकारले सार्वजनिक बिदा दिएको छ । बालगोपालेश्वरी मङ्गलबार पनि बिहान ५ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म खुल्ने जनाइएको छ । कोरोना महामारीका कारण देशभर विगत वर्षमा जसरी भाइटीका लगाउन भने मानिसलाई बाधा पुगेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार