Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राज्यव्यवस्था समितिमा बुधबार सहकारीको बारेमा छलफल हुँदै, रवि लामिछाने पनि आउनसक्ने


    मंगलबार, चैत्र १३ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार गृहमन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्ने भएको छ ।

    समितिको बुधबार बिहान ११ बजे बस्ने बैठकमा गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् ।

    साथै उनले गृहमन्त्री रवि लामिछानेलाई औपचारिक रुपमा नबोलाइएको भएपनि गृहमन्त्री छलफलमा आउन सक्ने बताए ।

    केही दिनअघि समितिमा सूर्य दर्शन सहकारीका बचतकर्ताले उजुरी दिएका थिए । सहकारीका बचतकर्ताले जीबी राईका अलावा रवि लामिछानेका बिरुद्ध पनि उजुरी परेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार