Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन–चाँदीको मूल्यमा गिरावट, यस्तो छ आजको भाउ


    मंगलबार, चैत्र १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ कायम भएको छ ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

    यसअघि, सोमबार छापावाल सुन १ लाख २६ हजार ७०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।

    यता, मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँ कायम भएको छ ।

    सोमबार चाँदीको भाउ प्रतितोला १५ सय १५ रुपैयाँ कायम रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार