Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिसो बढेसँगै उत्तरी गोरखामा हिमपात


    सोमबार, मंसिर १ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गोरखा । उत्तरी गोरखामा गएरातिदेखि भिषण हिमपात सुरु भएको छ । मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायत क्षेत्रमा हिमपात पर्न सुरु भएको सामागाउँका मिङ्मार लामाले जानकारी दिए । 

    हिमपात सुरु भएसँगै जनजीवन प्रभावित हुन थालेको उनले बताए । “हिमपातसँगै चिसो पनि बढ्न थालेको छ,” लामाले भने, “दैनिक घरायसी कामकाजमा समेत समस्या हुन थालेको छ ।” उनले  हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको जानकारी दिए ।

    “मानिसहरु आवतजावत गर्न, विकास निर्माणका काम गर्न, खच्चडबाट समान दुवानी गर्न पनि समस्या भएको छ,” लामाले भने, “हिमपातका कारण आवासीय रुपमा सञ्चालनमा रहेका विद्यालयहरुसमेत चलाउन कठिनाइ भएको छ ।” अहिले प्रोकभन्दा माथिल्लो क्षेत्रमा हिमपात परेको चुमनुव्री गाउँपालिका-१ का वडाध्यक्ष वीरबहादुर लामाले बताए । हिमपातका कारण लार्केपास र रुइला नाका जाने बाटोसमेत अवरुद्ध भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार