Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीले बहिनीको हातबाट लगाए भाइटीका


    सोमबार, मंसिर १ २०७७
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्‍या कोइरालाको हातबाट भाइटीका ग्रहण गरेका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा कोइरालाले दाजु ओली र भाउजु राधिका शाक्यलाई टीका लगाइदिएकी हुन्।

    बिहान ११:३७ को शुभसाइतमा कौशल्याले दाजु केपी शर्मा ओली र भाउजु राधिका शाक्यलाई भाइटीका लगाइदिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

    कोरोना संक्रमणका कारण यो वर्ष ओलीका अरु बहिनीहरु झापामा रहेकाले काठमाडौं आउन पाएनन्। त्यसैले ओलीले कोइरालाको हातबाट मात्रै टीका थापेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार