Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोरखामा ३४ जुवाडे पक्राउ


    आइतबार, कार्तिक ३० २०७७
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । गोरखामा ३४ जना जुवाडे पक्राउ परेका छन् । 

    तिहारको छेकोमा जुवा खेल्ने ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

    प्रहरीले ११ बजेको गोरखाको सिरानचोक गाउँपालिका ७ खहरे स्थित धनबहादुर गुरुङको घरमा अवैध रुपमा जुवा (कौडा) खेलीरहेको अवस्थामा प्रहरी टोली उक्त स्थानमा खटिएर छानबिन गर्दा प्रहरीले उनीहरुलाई पक्रेको हो । अवैध रुपमा हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा सोही स्थानबाट जुवा १६ थान र नगद एक लाख पचहत्तर हजार सात सय पैतिस रुपैयाँसहित नियन्त्रणमा लिएको छ ।

    नगदसहित पक्राउ परेका ३४ जनामाथि नै अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेहरु अधिकांश सिरानचोक गाउँपालिकाका छन् । ३२ मध्ये एकजना बारपाक सुलिकोटका र अर्का एक जना भिमसेन थापा गाउँपालिकाका रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार