Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कालिज र भरुवा बन्दुकसहित ५ जना पक्राउ


    आइतबार, कार्तिक ३० २०७७
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । म्याग्दीमा कालिज र भरुवा बन्दुकसहित ५ जना पक्राउ परेका छन् । 

    गएराती म्याग्दीको बेनी नगरपालिका ४ थामडाँडा स्थित अर्जे खोलाको जंगलमा भरुवा बन्दुक प्रयोग गरी वन्यजन्तु चोरी सिकार भइरहेको भन्ने स्थानीयको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    स्थानीयको सूचनाको आधारमा प्रहरी टोली तत्काल खटिएर वन्यजन्तुको अवैध सिकार गर्ने ५ जनालाई पक्रेको छ । प्रहरीले अवैध सिकार गर्ने ५ जना समूहको साथबाट एक नाले भरुवा बन्दुक,कालिज जस्तो देखिने चरा २ वटा समेत बरामद गरेको छ । उनीहरुलाई पक्राउ गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाइएको छ ।

    पक्राउ पर्नेहरुमा म्याग्दी बेनी नगरपालिका ४ थामडाडा कै ३६ वर्षीय सक बहादुर गुरुङ, २१ वर्षीय सञ्जय गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, २० वर्षीय सन्दिप गुरुङ र ४९ वर्षीय पूर्ण गुरुङलाई नियन्त्रणमा लिएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार