Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु


    आइतबार, कार्तिक ३० २०७७
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

    पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । 

    विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । 

    जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको  ट्रकलाई लमही –९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिए ।  महिलाको शव भने परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार