Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २४ घण्टामा २७९८ जना कोरोना संक्रमित संक्रमणमुक्त


    आइतबार, कार्तिक ३० २०७७
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ९८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

    यो सँगै नेपालमा  १ लाख ७३ हजार ४ सय ३० जना संक्रमित  उपचारपछि निको भएका छन्। 

    पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ। 

    आज देशभर ३५ हजार १२५ सय जना सक्रिय संक्रमित छन्।

    पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय २१ पुगेको छ।

    पछिल्लो २४ घण्टामा ६ हजार ४७६ जनाको पिसिआर परीक्षण भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार