Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसको अल्टिमेटम


    बुधबार, चैत्र ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी रकम हिनामिना गरेको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समिति गठनको अल्टिमेटम दिएको छ ।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आगामी बैठकसम्म गठन गर्न अल्टिमेटम दिएको छ ।

    बैठकमा सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री लामिछानेको प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाइन् ।

    ‘गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ ? त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैरजिम्मेवार पूर्ण भनाइ राख्नुभयो । त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा । सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ। बजेटको छलफलको विषयमा हामी तयार छौँ,’ उनले भनिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार