Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज देशभर १४७७ जना कोरोना संक्रमित थपिए


    आइतबार, कार्तिक ३० २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७३ हजार ४ सय ३० जना निको भएका छन्।

    आज देशभर ३५ हजार १२५ सय जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय २१ पुगेको छ।

    पछिल्लो २४ घण्टामा ६ हजार ४७६ जनाको पिसिआर परीक्षण भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार