Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने नेविसंघका १५ कार्यकर्ता पक्राउ


    मंगलबार, चैत्र ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै बिरोध प्रदर्शन गर्ने नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका १५ जना कार्यकर्ता पक्राउ परेका छन् ।

    गृहमन्त्री लामिछानेको राजीनामा माग्दै प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई सिंहदरबार बाहिरबाट पक्राउ गरेको हो ।

    नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकत खै भन्ने प्रश्न गर्र्दै सहकारी पीडितलाई न्यायको माग राखेर प्रदर्शन गरेका छन् ।

    सहकारी ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिनेगरी हान्न मन छ भन्ने उल्लेख गरिएका व्यानर बोकेर नेविसंघका कार्यकर्ताहरुले सिंहदरबारमा प्रदर्शन गरेका थिए ।

    सिंहदरवार वरपर निषेधित क्षेत्र घोषणा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार