Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ९७ लाख चोरी गर्ने पक्राउ


    आइतबार, कार्तिक ३० २०७७
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । चितवन प्रहरीले रु ९७ लाख चोरी गर्ने एक व्यक्तिलाई  पक्राउ गरेको छ ।  कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन् ।

    उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाई नगद चोरेका थिए । थापा सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आएका थिए ।  

    प्रहरीले सेक्युरिटी गार्ड बस्ने क्वार्टरमा निज  कविराज बस्ने कोठाभित्र खाटमुनि झोलाभित्र लुकाइछिपाई राखेका अवस्थामा  रु ५७ लाख र सोही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाई प्लाष्टिकको बोराभित्र छिपाइराखेको अवस्थामा रु ४० लाख गरी  रु ९७ लाख  र चोरीमा प्रयोग हुने औजारसमेत फेला पारी बरामद गरिएको जिल्ला  प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले आज जानकारी दिए । थापालाई चोरी कसुरअन्तर्गत आवश्यक अनुसन्धान  भइरहेको प्रवक्ता  थापाले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार