Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागलुङ बस दुर्घटना अपडेट : सातको मृत्यु, २५ घाइते


    सोमबार, चैत्र ५ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनाा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन् ।

    निसीखोला गाउँपालिका–६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस दुर्घटना भएको हो ।

    इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। गाडीमा ३२ जना यात्रु थिए।

    उनले २५ जना घाइतेलाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिए ।

    बेलुकी भइसकेकाले उद्धारको काममा कठिनाइ भएको प्रहरीको भनाइ छ। पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको हो ।

    मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार