Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किन केन्द्रमा तानिए सशस्त्रका यी डीआईजी ?


    आइतबार, कार्तिक ३० २०७७
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनुषा । सशस्त्र प्रहरी बलका डीआईजी केन्द्रमा तानिएका छन् । प्रदेश २ का डीआईजी कृष्ण भक्त (केबी) ब्रम्हाचार्य छानबिनका लागि केन्द्रमा तानिएका हुन् । उनले आगामी मंसिर २७ मा जागिरबाट अवकाश पाउँदै छन् । अवधि एक महिना मात्र बाँकी रहँदा उनी केन्द्रमा तानिए हुन् । तर उनी केन्द्रमा तानिको पछाडि गम्भीर कारण रहेको बुझिएको छ ।
     
    सामान्यतया अवकाशको एक महिना बाँकी हुँदा सरुवा गर्ने चलन नभएपनि डीआईजी केबी विरुद्धको उजुरी गृह मन्त्रालयल नै पुगेपछि उनलाई छानबिनका लागि तानिएको हो। 
     
    डीआईजी केबी माथि प्रदेश २ को आठओटै जिल्लामा तस्करीलाई बढावा दिएको र ती तस्करबाट रकम असुली गरेको उजुरी परेको छ । उनी पछिल्ला पाँच दिनदेखि छानबिनका लागि काठमाडौं नै रहेका छन् ।
     
    गत असारमा दुई नम्बर प्रदेशमा सरुवा गरिएका डीआईजीका कारण तस्करी बढेको गुनासो आउने क्रम बढेको थियो । पछिल्लो समय रौतहट लगायतका क्षेत्रमा तस्करी बढेको र घुमुवा मार्फत ती तस्करसँग साँठगाँठ बढाउँदै तस्करीलाई बढावा दिएको व्यापक गुनासो आएपछि भने उनलाई सरुवा गरेको बताइन्छ । 
     
    डीआइजी केबीले बाहिनीबाट रकम उठाउनका लागि रविकान्त मिश्रलाई राैतहटमा परिचालन गरेका छन् । उनी राैतहटमा घुमुवा भएको मात्रै ६ वर्ष भैसकेको छ। निरन्तर एकै ठाउँमा घुमुवाको रुपमा कार्यरत भएपनि मिश्रको सरुवा नहुनुको पछाडि पनि तस्करसँगको साँठगाँठको आशंका गरिएको छ । 
     
    यस्तैगरी सशस्त्रको राैतहटका एसपी सुरज सेनले राखेका घुमुवा वरिष्ठ हवल्दार उमेश पण्डितको असुलीबारे पनि उजुरी परेको बताइन्छ । यसअघिका एसपीहरुले पनि हटाउन नसकेका यी घुमुवाहरु विरुद्ध भने रौतहटका व्यवसायीहरुले गृह मन्त्रालयमै गुहार मागिसकेका छन् । 
     
    डीआईजी छानबिनमा तानिए पनि असुलीका कारण बदनाम भएका  घुमुवाहरु कारबाहीको दायरामा नआएकोमा भने चौतर्फी आश्चर्य बढिरहेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार