Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हङकङमा तीनपटक प्रतिबन्धमा परेको नेवानिको यस्तो निर्णय


    आइतबार, कार्तिक ३० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । हङकङमा तीनपटक प्रतिबन्धमा परेको नेपाल वायुसेवा निगम (नेवानि) ले नयाँ नियम लागू गरेको छ । अपमानजक रुपमा प्रतिबन्ध पर्न थालेपछि नेवानिले हङकङ उडानमा निजी ल्याबको रिपोर्टलाई मान्यता नदिने भएको हो । 

    यसअघि तीनपटकसम्म कोरोना परीक्षणको रिपोर्ट बोकेका यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै हङकङले नेवानिलाई प्रतिबन्धित गरिसकेको छ । पछिल्लो समय भने निजी ल्याबबाट ल्याइएको रिपोर्टको कारण यस्तो भएको आशंका गर्दै नेवानिले कडा नियम ल्याएको हो । नेवानिको सञ्चालक समितिले यस्तो निर्णय गरेको बताइएको छ । 

    यो नियम भने हङकङ यात्राको लागि मात्रै कायम रहने बताइएको छ । अब हङकङ जान चाहनेले सरकारी ल्याबबाट कोरोना नेगेटिभ भएको रिपोर्ट ल्याउनु पर्ने भएको छ । 

    यसअघि हङकङले नेवानिलाई अक्टोबर ४ देखि १७ सम्म, अक्टोबर २० देखि नोभेम्बर ३ सम्म लगाएको थियो भने नोभेम्बर १२ देखि २५ सम्मको लागि प्रतिबन्ध लगाएको छ। 

    प्रतिबन्ध लाग्दा आर्थिक घाटा हुनुको साथै राष्ट्रिय ध्वजाबाहकको समेत बेइज्जत भएको भन्दै नेवानिको आलोचना भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार