दाङ । दाङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका- १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान अन्दाजी ४० वर्षीया ती महिलाको मृत्यु भएको हो।
बिहान ६ बजेतिर विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी ती महिलालाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
जिठक्कर दिएर भागेको ट्रकलाई प्रहरीले लमही ९ रिहारबाट नियन्त्रणमा लिइसकेको छ। अहिलेसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।