नारायणगढ । चितवनको इच्छाकामनामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतको मोतिहारी चम्पारणका ३७ वर्षीय गौरी दास रहेका छन् । दुर्घटनामा परी घाइते भएका उनको उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२५ नम्बरको बस इच्छाकामना–६ जलविरेस्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा चक्का पञ्चर भई बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी ट्रक चालक वीरगञ्ज–२३ बस्ने ३३ वर्षीय हाकिम मियाँको टाउकोमा चोट लागेको छ भने र भारतको विहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रिता गुप्ताको मुखमा चोट लागेको छ । दुबैजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend