काठमाडौं । धापासीस्थित ग्रिण्डल्याण्ड स्कूलमा शनिबार ‘पण्डित एकदेव घिमिरे स्मृतिग्रन्थ’को विमोचन गरिएको छ । उक्त स्मृतिग्रन्थ लेखनको संयोजन उहाँकै नातिनी सूर्यवदना घिमिरे पण्डितले गर्नुभएको थियो भने प्रकाशन श्री मञ्जाङ सेवा समाजले गरेको थियो ।
ग्रिण्डल्याण्ड स्कूलामा भएको उक्त विमोचन कार्यक्रमको संचालन स्कूलका भाइस प्रिन्सीपल विनोद घिमिरेले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता श्री मञ्जाङ सेवा समाजका अध्यक्ष तथा प्रकाशक विश्वराज घिमिरे हुनुहुन्थ्यो भने प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा मस्र्याङदी वाङमय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपाने, स्मृतिगन्थको समीक्षा अतिथि खेमराज आचार्यले गर्नुभएको थियो । त्यस्तै अर्का अतिथि घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका सचिव अजयराज घिमिरेले पण्डित एकदेव घिमिरेले घिमिरे पुस्तावली मार्फत् हामी घिमिरे बन्धुहरूलाई एकसूत्रमा वाँधेर बन्धु उत्थानम महत्वपूर्ण काम गनुभएको छ भन्ने बारेमा चर्चा गर्नुभएको थियो ।
अन्य वक्ताहरूमा शिक्षासेवी इन्द्रविलाश घिमिरे र समाजसेवी श्रीभक्त घिमिरे सुभाषी हुनु हन्थ्यो । इन्द्रविलाश घिमिरेले पण्डित एकदेव घिमिरे एक कुशल पथप्रदर्शक समाजसेवी, श्रीमञ्जाङका घिमिरे पुस्तावलीका लेखक, शिक्षाप्रेमी र आफ्नो समाजलाई डो¥याउन सफल व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो ।
त्यस्तै श्रीभक्त सुभासी घिमिरेले पण्डित एकदेव घिमिरे आफ्नो गाउँ समाजमा स्थापना भएको स्कूललाई जग्गा दान दिएको र सो ठाउँलाई दानमैदान नाम राखिएको थियो भन्दै हाल दानमैदान भन्न र लेख्न छोडिएकोमा दुःख व्यक्त गर्दै
हालको लक्ष्मी माध्यामिक विद्यालयले यो कुरा विर्सन हुँदैन भन्नुहुँदै दाताको नाम नविर्सन सल्लाह दिनुभयो ।
सो कार्यक्रमको अग्रस्थानमा पण्डित एकदेव घिमिरेकी छोरी सरस्वती न्यौपाने, बुहारी मालिकादेवी घिमिरे र श्रीमञ्जाङ कुलायन गुठीद्वारा प्रकाशित ‘प्रतिष्ठापन २०७०’ का सम्पादक मण्डलका अध्यक्ष धुबप्रसाद घिमिरे हुनुहुन्थ्यो । कार्यक्रमको अन्त्यमा उहाँकी नातिनी तथा स्मृति ग्रन्थकी संयोजक सूर्यवदना घिमिरे पण्डितले कार्यक्रममा सहभागीहरूलाई र कार्यस्थल उपलव्ध गराइ सहयोग गरिदिने ग्रिण्डल्याण्ड स्कूललाई धन्यन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा कवियत्री एवं बरिष्ठ साहित्यकार चन्द्रवदना घिमिरे, अर्का कवि सुरेशचन्द्र घिमिरे, शिक्षासेवी इश्वरीप्रसाद न्यौपाने, पण्डित एकदेवका नातिनातिनाहरू, नातिनातिनाज्वाइँहरू र काठमाडौंैमा बसेका श्रीमञ्जाङका शुभेच्छुकहरू समेत गरी करिब ६०–६५ जनाको उपस्थिति थियो ।
स्मृतिग्रन्थको अग्रभागमा वाल्मीकि विद्यापीठका सह–प्राध्यापक तथा व्याकर्ण विभागाध्यक्ष मोहनप्रसाद पोखरेलको एवं घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालको शुभकामना मन्तव्य, श्रीमञ्जाङ सेवा समाजको प्रकाशकीय रहनुका साथै स्मृतिग्रन्थकी संयोजक सूर्यवदना घिमिरे पण्डितको संयोजकको कलमबाट भन्ने लेखहरू रहेका छन् ।
स्मृतिग्रन्थलाई चार खण्ड र दुई अनुसूचिमा विभाजन गरी लेखहरूले भरिलो सयपत्रीको माला जस्तो बनाइएको छ । ग्रन्थको पहिलो खण्डमा कविकेशरी स्वर्गीय धर्मराज थापाको लोकसंस्कृतिको घेरामा लमजुङबाट उद्धृत गरिएको वाहुन मञ्जाङको केही अंश, प्रतिष्ठापन २०७० मा प्रकाशित भएको ताराप्रसाद घिमिरेको साभार गरिएको लेख र कार्यक्रमका प्रमुख अतिथि विजयराज न्यौपानेको लम्जुङको साहित्यिक इतिहासबाट साभार गरिएका पण्डित एकदेव घिमिरे भन्ने लेखहरू रहेका छन् ।
दोश्रो खण्डमा उहाँका प्रकाशित र अप्रकाशित कृतिहरूका बारेमा उहाँका नातिनी ज्वाइँ श्रीसूर्यकुमार पण्डितले गर्नुभएको समीक्षा रहेको छ । प्रकाशित कृतिमा श्रीमञ्जाङका घिमिरेहरूको पुस्तावली रहेको छ भने अप्रकाशित कृतिहरूमा सूत्रार्थमञ्जरी, धातुरूपावली– १, धातुरूपावली– २ र स्तोत्र सञ्चय रहेका छन् । प्रकाशित कृति श्रीमञ्जाङका घिमिरे पुस्तावलीले आफ्नो गाउँका घिमिरे बन्धुहरूलाई एकसूत्रमा बाध्न सफल रहेको बारे चर्चा गरिएको छ । अप्रकाशित कृतिहरूको समिक्षामा संस्कृत व्याकरणमा नाम पदको अरू शव्दसँगको सम्बन्ध दएको सूत्रार्थमञ्जरी, कृयापद र तिनीहरूको धातुका बारेमा धातुरूपावली– १, धातुरूपावली– २ को बारेमा केही समिक्षा गरिएको छ ।
यसैगरी स्तोत्र सञ्चयमा केवल भगवानहरूको स्तोत्र र स्तुतिगान लेखिएको छ भनिएको छ । माथि उल्लेख गरिएका अप्रकाशित कृतिहरूको समीक्षालाई भवाल्मीकि विद्यापीठका सह–प्राध्यापक तथा व्याकरण विभागाध्यक्ष मोहनप्रसाद पोखरेलको सहयोग रहेको कुरा समीक्षकले उल्लेख गर्नुभएको छ ।
यही समीक्षाको क्रममा समीक्षक पण्डितले पण्डित एकदेव घिमिरे पुस्तावली र संस्कृत व्याकरणको विद्यान त हुनुहुन्थ्यो नै त्यसमा पनि उहाँले चौमास वा अन्य समय पारेर अठ्ठारै पुराडा विभिन्न देवालयमा वा नदी संगममा गएर पनि गरी साङग्यता गर्नुभएको थियो ।
यसैगरी उहाँ ज्योतिष शास्त्रको पनि विद्यान हुनु हुन्थ्यो भनी उल्लेख गर्र्नुभएको छ । यी सबै विषयका कितावहरूको केही अंशहरू कृति समीक्षाको लेखसँगै राखिएको छ । तेश्रो खण्डमा पण्डित एकदेव घिमिरेका सुभेच्छुकहरूको लेखहरू रहेका छन् । त्यसमा रुद्रनाथ भण्डारी, चन्द्रवदना घिमिरे, भुवनेश्वर देवकोटा, इश्वरीप्रसाद न्यौपाने, खेमराज शर्मा आचार्य, इन्द्रविलाश घिमिरे, श्रीभक्त सुभासी घिमिरे र अनन्तजीवि घिमिरेका लेखहरूले सिँगारिएको छ ।
चौथो खण्डमा पारिवारिक जनहरूका लेखहरू रहेका छन् ।
यी लेखहरूमा वासुदेव ढकाल, मालिकादेवी घिमिरे, सरस्वती न्यौपाने, रमाप्रसाद अधिकारी, दयादेवी अधिकारी, फणिन्द्र न्यौपाने, विजयराज अधिकारी, प्रभा सुवेदी, सूर्यकुमार पण्डित, सूर्यवदना घिमिरे पण्डित, रुक्मिणी न्यौपाने दवाडी, रमेशकुमार घिमिरे, बाबुराम अधिकारी, दिव्यलक्ष्मी भट्टराई अधिकारी, विकाश शर्मा, विमला घिमिरे शर्मा, नवीन अधिकारी, निर्मला घिमिरे ढकाल, सीता अधिकारी ढकाल, प्रा.डा. मेघनाथ पराजुली, शर्मिला घिमिरे पराजुली, गौरीदत्त न्यौपाने, सोमत घिमिरे, पुण्यवती न्यौपाने घिमिरे, शोभा अधिकारी घिमिरे, मञ्जु घिमिरे रिजाल, राजेन्द्र घिमिरे, अर्जना (ऋजु) खनाल घिमिरे, सूचना घिमिरे अधिकारी, समीक्षा घिमिरे अर्याल, सन्देश पण्डित, अनिता घिमिरे पाठक, प्रशंसा शर्मा भट्टराई, विवेक शर्मा, सारांश पण्डित, अञ्जना गौतम पण्डित र समिप घिमिरेका लेखहरू रहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend