काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ७५३ जनाको पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५३ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ७० हजार ६३२ जना निको भएका छन् ।
आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २१५ पुगेको छ ।