Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • राष्ट्रपतिद्वारा पशुपतिमा पूजाअर्चना


    शुक्रबार, फाल्गुन २५ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । महाशिवरात्रीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिरमा उनले पूजाअर्चना गरेका छन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गरेका थिए ।

    राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दीपक काफ्ले, कोषका सदस्यसचिव राजु खत्री, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी लगायतले स्वागत गरेका थिए ।

    महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्राध्यक्षद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।

    राष्ट्रपति पौडेल धर्मपत्नीका साथ पशुपतिनाथ मन्दिरमा पुगेका थिए । बिहीबार रातिदेखि नै पशुपतिमा साधुसन्तदेखि भक्तजनको भीड लागेको छ ।

    शिवरात्रिका दिन शिवभक्तहरुले व्रत बस्ने र भगवान् शिवलाई मनपर्ने दूध, धतुरो र बेलपत्र आदि चढाएर पूजा गर्ने परम्परा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार