काठमाडौं । पशुपतिनाथ मन्दिरमा आज महाशिवरात्रि पर्व मनाइँदैछ । पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रिको अवसरमा पशुपति मन्दिर दर्शन गर्न करिब ७ लाख दर्शनार्थी आउने आँकलन गरी त्यसैअनुसार ब्यवस्थापन गरेको छ ।
करिब चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको कोषले जनाएको छ ।
ठूलो संख्यामा दर्शनार्थी सहभागी हुने भएपछि दर्शन सहज बनाउन बिहानैदेखि चार वटै ढोका खुला गरिएको छ ।
त्यस्तै पशुपति क्षेत्रमा स्थानीय प्रशासनले सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गरेको छ । जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए ।
पशुपति मन्दिर परिसरमा प्रहरीले कमान्ड पोस्ट बनाएको छ । बालबालिका हराउने, चोरी, डकैती र अन्य उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न कमान्ड पोस्टमा परिसर काठमाडौंका एसपी पवन भट्टराई खटिनेछन । पशुपति क्षेत्रको सुरक्षामा ३ हजार ७ सय प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ । निर्वाचन प्रहरीलाई पनि सुरक्षामा परिचालन गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी र महानगर प्रहरी सहित करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । शनिबार पशुपति क्षेत्रमा गएर गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल सहितका अधिकारीहरुले सुरक्षा तयारीबारे जानकारी लिएका थिए ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend