Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • तीजका लागि पशुपति क्षेत्रमा  स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित ७ सय सशस्त्र प्रहरी परिचालन हुने


    सोमबार, भाद्र ९ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । हरितालिका तीजका दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालको तर्फबाट स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब ७ सय जना जनशक्ति परिचालन हुनेछन् ।  जसमा १ सय ५० जना महिला सशस्त्र प्रहरी कर्मचारीहरु खटिनेछन् ।
    पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी तथा महिला दिदीबहिनीहरुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्दार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन के.सी.को कमाण्डमा मंगलबार राती २ बजेदेखि ड्यूटि परिचालन हुनेछ ।
    पशुपति परिसरमा सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थानपना गरिएको छ भने मेलाको सम्पुर्ण कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्नेछ ।
    उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुबाट एक सिफ्टमा ३ सय भन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचाल हुनेछन् ।
    त्यसैगरी आवश्यक परेको समयमा थप मद्दतको लागि नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौ, नं. १८ निलबराही गण किर्तिपुर, नं. २० विपद् उद्वार गण सिनामंगल, नं. २१ दक्षिणकाली गण खुमलटार ललितपुर, नं. २२ गुहेश्वरी गण दुवाकोट भक्तपुर र नं. २४ बाघभैरव गुल्म काठमाडौमा आबश्यकता अनुसार सुरक्षा  फौज तयारी हालतमा राखिएको छ ।
    त्यस्तै नेपाल एपीएफ अस्पतालको  महिला चिकित्सकसहितको  स्वास्थ्यकर्मीले  मेला अवधिभर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछ ।  नं. २० विपद् उद्धार गण सिनामंगलबाट सशस्त्र प्रहरीको गोताखोर तथा  विपद् उद्धारक र आबश्यक सामाग्रीसहितको वाटर रेस्क्यु टोली राम मन्दिर नजिकै बागमती नदिको किनारमा खटिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार