Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा, नेकपा समाजवादी बाहिरियो


    बिहिबार, फाल्गुन २४ २०८०
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । केन्द्रमा गठबन्धन परिवर्तन भएपछि प्रदेश सरकारबाट पनि मन्त्रीहरुले धमाधम राजीनामा दिने क्रम बढेको छ ।

    सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारबाट नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरुले राजीनामा दिएका छन् । एकीकृत समाजवादीको राजीनामासँगै सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ ।

    नेकपा एकीकृत समाजवादी संघमा एमाले–माओवादी–रास्वपाको नयाँ गठबन्धनमा सामेल भएपछि प्रदेश सरकारबाट उक्त पार्टीका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

    समाजवादीकातर्फबाट सुदूर पश्चिम प्रदेश सरकारमा आर्थिक मामिलामन्त्री रहेका नरेशकुमार शाहीले राजीनामा दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार