Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • क्यासिनोमा काले पासाङ र झोलेरामको गुन्डागर्दी, चक्रे मिलनको नाम लिंदै हप्ता असुली


    बिहिबार, फाल्गुन २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । दिनेश अधिकारी ‘चरी’ र कुमार घैंटेको प्रहरी इन्काउन्टरमा अवसान र दावा लामाहरुमाथि गोली प्रहारपछि काठमाडौं उपत्यकामा गुण्डानाइकेहरुको आतंक बन्द भएको थियो । चरी र घैंटेको अवसानपछि भूमिगत भएका गुन्डानाइकेहरु फेरि सलबलाउन थालेका छन् ।

    नाम चलेका गुन्डा नाइकेको इन्काउन्टरपछि टोले गुन्डासम्म गुप्तबासमा पुगेका थिए । तर, पछिल्ला दिनमा फेरि पुरानै शैलीको गुन्डागर्दी हप्ता असुली र मिटरब्याजको धन्दा मौलाएको छ । गुण्डानाइकेहरुले ब्यवसायीलाई दुःख दिने क्रम फेरि सुरु गरेका छन् । प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयमा काबिल अधिकृतले कमाण्ड गर्दा पनि गुण्डाहरु सल्बलाउन थालेका छन् ।

    गुण्डागर्दी बढेको पछिल्लो उदाहरण हो, छायाँ सेन्टरस्थित वाल्डो क्यासिनोका सञ्चालकसँग हप्ता मागेको घटना । क्यासिनो वाल्डोका संचालकलाई हप्ता नदिए ज्यान मार्नेसम्मको धम्की कपन बस्ने काले पासाङ भन्ने पासाङ लामा र लैनचौर बस्ने झोलेराम भन्नेले व्यावसायीले दिएका छन् । उनीहरुले क्यासिनो वाल्डोमात्र होइन, अन्य ब्यवसायीलाई समेत दुःख दिने र खुल्लम खुल्ला हप्ता माग्ने गरेको गुनासो छ ।

    हप्ता नदिनेलाई ज्यान मार्नेसम्मको धम्की उनीहरुले दिने गरेका छन् । स्रोतका अनुसार नाम चलेका गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनको समूहको भन्दै यी दुवै जनाले अहिले हप्ता असुलीलाई तिव्रता दिएका छन् ।  कतिपय आपराधिक गतिविधिका कारण प्रहरीले निगरानीमा राखेका यी दुवै जनाले वाल्डो क्यासिनोका सञ्चालकलाई ज्यान मार्ने धम्की दिएको अडिओ समेत फेला परेको छ । तर प्रहरीले पनि पासाङ र झोलेरामलाई पक्राउ गर्न सकेको छैन ।

    उक्त अडिओमा हप्ता माग गरिएको छ भने नदिए ज्यान लिनु कुनै ठूलो कुरा होइन भनी धम्क्याइएको पनि छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार