भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा नयाँ एसपीका रूपमा रञ्जितसिंह राठौर हाजिर भएका छन् । नयाँ एसपी हाजिर भएको बेलामा त डरले पनि सीमावर्ती क्षेत्रबाट भएको तस्करी नियन्त्रण हुन्थ्यो । नियन्त्रण नभए पनि कम हुन्थ्यो तर रूपन्देहीमा भने त्यसको ठीक बिपरीत भएको छ ।
नयाँ एसपी हाजिर भए पनि सीमावर्ती क्षेत्रबाट भएको चोरी तस्करी नियन्त्रण भएको छैन । एसपीलाई असफल बनाउने गरी तस्करी धन्दा खुलेआम भैरहेको छ । रूपन्देहीको ठोठरी र ककरहवा नाकाबाट केही दिन यता ठूलो मात्रामा तस्करी धन्दा चलेको छ । यसरी चलेको तस्करी धन्दाको सामान इलाका प्रहरी कार्यालय लुम्बिनी हुँदै अन्यत्र जाने गरिरहेको छ ।
ठोठरी नाकाबाट तस्करीको लाइन पाउनेहरूमा लालमन, रियाज, जलाउद्दीन, राजकुमार र राममिलन मुख्य छन् । उनीहरूले स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा यो नाकाबाट ठूलो मात्रामा तस्करी धन्दा गरिरहेका छन् ।
त्यसैगरी ककरहवा नाकाबाट तस्करीको लाइन पाउनेहरूमा प्रकाश, लल्लु, अव्दुल, जनार्दन यादव (कपडा), दिनेश, अनिल, धर्मेन्द्र, रामकुमार (चिनी) वनवारी ( कस्मेटिक), जितेन्द्र (चुरोट) मुख्य छन् ।
यी नाकाबाट तस्करी भएर आउने तस्करीका सामान लुम्बिनी इलाका प्रहरी हुँदै आउँछ । यसरी तस्करी गर्ने तस्कर र व्यापारीहरूसँग यहाँ कार्यरत प्रहरीले खुलेआम घुस लिने गरेको कुरा पनि सार्वजनिक भएको छ ।
लुम्बिनी इप्रका प्रमुख कन्चन तामाङले असई बलवान राना क्षेत्री र सहायक हवल्दार विजयकुमार यादवलाई घुमुवाको रूपमा परिचालन गरेका छन् । यी घुमुवा प्रहरी लामो समयदेखि यहाँ कार्यरत छन् । लामो समयदेखि कार्यरत रहेका कारण उनीहरूले रूपन्देहीका नाकाबाट तस्करी गर्ने तस्करदेखि व्यापारी सम्मलाई चिन्ने भएको कारण पनि यहाँ खुलेयाम असुली धन्दा चलेको छ ।
जिल्लामा एसपी, डिएसपीदेखि प्रशासन र सुवेदार मेजर हुँदै इप्रका हाकिमसम्मको नाममा रकम उठाउने काम यहाँबाट हुँदै आएको छ । जबकि असई बलवानको दरबन्दी इप्रका लुम्बिनीमात्रै नभएर रूपन्देही पनि होइन । उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय प्युठान हो ।
त्यसैगरी सहायक हवल्दार बिजय कुमार यादवको पनि दरबन्दी रूपन्देही नभएर बडा प्रहरी कार्यालय बाँके नेपालगन्ज हो । यी दुबै घुमुवाको दरबन्दी रूपन्देही नभएर बाहिरी जिल्लामा भए पनि दरबन्दीमा रमाना नगरीकन यहीँ राखेर घुमुवाको रूपमा परिचालन गरिएको छ ।
इप्रका लुम्बिनीको असुली धन्दाको बारेमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवर र प्रदेश प्रहरी प्रमुख डिआइजी कुबेर कडायतकहाँसमेत उजुरी पुगेको थाहा भएको छ । यो उजुरीपछि उनीहरूलाई दरबन्दीमा हाजिर गराउन रमाना दिने काम हुन्छ हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend