Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चीनले दियो बाइडेन र ह्यारिसलाई बधाई


    शुक्रबार, कार्तिक २८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयी घोषणा हुन बाँकी डेमोक्राटिक उम्मेदवार जोय वाइडेनलाई चीनले बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयले वाइडेनलाई बधाई दिएको हो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेविनले चीनले अमेरिकी जनताको रोजाईको स्वागत गर्ने बताए । उनले अमेरिकी राष्ट्रपति निर्वाचनको आन्तरिक र बाह्य प्रतिक्रियालाई नजिकबाट नियालिरहेको बताए ।

    वाइडेन चुनावमा जितेको औपचारिक घोषणा नभएपछि मिडियाले विजयबारे खबर प्रकाशित गरिसकेका छन् । यसबीच चीनले ढिलो गरी वाइडेनलाई बधाई दिएको हो ।

    वाइडेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिली राष्ट्रपति बोलसानरियो, टर्कीका राष्ट्रपति एड्रोगेनलगायनले अझै बधाई दिएका छन् । चिनियाँ विदेश मन्त्रालयले बधाई दिएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले बधाई ज्ञापन गरेका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार