Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • युवतीलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउन खोज्ने तीन जना पक्राउ


    शुक्रबार, कार्तिक २८ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कास्की । प्रहरीले मानव बेचबिखनको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा संलग्न गराउने उद्देश्यले शरीर बन्धक बनाउने एवं शारीरिक तथा मानिसक यातना दिने तीन जनालाई पक्राउ गरेको हो ।

    विभिन्न जिल्लाहरुबाट दुई जना महिलालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा पोखरा महानगरपालिका–६ लेकसाइड ल्याएका थिए ।  विभिन्न प्रलोभनमा पारि जबरजस्ती वेश्यावृतिमा संलग्न गराउन मोलमलाई गरिरहेको साथै ती महिलाहरुलाई शारीरिक तथा मानिसक यातना समेत दिइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले पीडित ती दुई महिलालाई उद्दार समेत गरेको छ ।

    पक्राउ पर्नेमा कास्कीको मादि गाउँपालिका–१ खेलुङ बस्ने २१ वर्षीय जीवन नेपाली, पोखरा महानगरपालिका–४ बस्ने ३० वर्षीय अन्जु गुरुङ र जिल्ला काभ्रे पाँचखाल–४ बस्ने २६ वर्षीय आशिष भुजेल रहेका छन् ।

    पक्राउ परेका युवाहरुमाथि मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार