Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कारका आरोपित पक्राउ


    शुक्रबार, कार्तिक २८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो ।

    शौचालय गर्न निक्लिएका बेला आरोपितले पीडितलाई पछाडिबाट मुख बन्द गरी बाँसको झाडीमा लगेर यही कात्तिक २० गते बलात्कार गरेको पीडितले बताउनुभयो । यसैगरी अर्को एक घटनामा १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका–४ स्थित मधवापुरको गङ्गापुरका २२ वर्षीय भुपेन्द्र सरदार बाँतरविरुद्ध बिहीबार उजुरी दर्ता भएको छ । एक्लै देखेर मौका छोपी नियन्त्रणमा लिई करकापमा पारी कात्तिक २३ गते आरोपितले उसमान मियाँको आँपको बगैँचामा बलात्कार गरेको पीडितले आरोप लगाउनुभएको छ । आरोपित हालसम्म पक्राउ परेका छैनन् ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार