Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तरकारी सङ्कलन केन्द्र निर्माण


    शुक्रबार, कार्तिक २८ २०७७
    630
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरेको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले रु ७८ लाखको लगानीमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको बताउनुभयो । किसानहरुलाई उचित मूल्य दिलाउने र भिडभाड कम हुने गरी व्यवस्थापन गर्न लागिएको उहाँको भनाइ छ ।

    किसानहरुबाटै समिति निर्माण गरी केन्द्र सञ्चालन गरिने उहाँले बताउनुभयो । तरकारी सङ्कलन केन्द्र नहुँदा तरकारी उत्पादनमा सङ्लग्न किसानले सास्ती खेप्दै आएका थिए । संकलन केन्द्र स्थापनासँगै तरकारी बजारमा पुर्याएर बिक्री गर्न सहज हुने किसानहरु बताउँछन् । गाउँपालिकाले पनि तरकारी तथा फलफूल खेतीका लागि विशेष जोड दिएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले बाँझो जमिन प्रयोगमा ल्याउन प्रोत्सहान गर्दै एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानका कायक्र्रम ल्याइएको जानकारी दिनुभयो । सबै वडामा जैविक विषादीमुक्त तरकारी उत्पादनमा जोड दिइएको उहाँको भनाइ थियो ।

    किसानले १०० भन्दा बढी फलफूलको बिरुवा रोपे ७५ प्रतिशत अनुदान दिइने उल्लेख गर्दै उहाँले खेतीयोग्य जमिनका लागि थोपा सिँचाइको व्यवस्था गरिने बताउनुभयो । उहाँले व्यावसायिक तरकारी खेती गर्ने किसानलाई तालिमसहित बिउबीजनमा सहयोग गरिरहेको पनि बताउनुभयो ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार