Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव लम्सालबीच भेटवार्ता


    मंगलबार, फाल्गुन १५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी छन्। आठौं एसिया इकोनोमिक डाइलगमा भाग लिन भारत पुगेकी परराष्ट्र सचिव लम्सालले भारतीय विदेशमन्त्री जयशंकरसँग भेट गरेकी हुन् ।

    भेटमा द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ। आठौं एसिया इकोनोमिक डाइलग–२०२४ मा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल मंगलबार भारतको पुने गएकी हुन् । सोही क्रममा उनले भ्रमणको पहिलो दिन दिल्लीमा विदेशमन्त्री जयशंकरसाग भेट गरेकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार