Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


    मंगलबार, फाल्गुन १५ २०८०
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हाे ।

    बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा छलफल हुने पनि जनाइएको छ ।

    बैठकमा नेताहरूको मूल्याङ्कन, चैत–वैशाखमा सञ्चालन हुने अभियानबारे छलफल गरी नेताहरूको कार्य विभाजन हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार